उम्मेदवारलाई फसाउने नियतले उजुरीहरु आए ः आयुक्त भण्डारी

निर्वाचन आयोगमा केही उजुरीहरु उम्मेदवारलाई फसाउने नियतका साथ आएको पाइएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कतिपय उजुरीहरु अरुलाई फसाएर फाइदा लिने गरी झुटा विवरणहरुसहित आएको बताउनु भएको हो । सोमबार अपरान्ह न्यूज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उहाँले आयोगमा सोसम्बन्धि १५० वटा उजुरी रहेको र करिव ५० वटा उजुरी भने कारबाहीका लागि योग्य रहेको स्पष्ट पार्नु भयो । निर्वाचन आयुक्त भण्डारीले विगतको निर्वाचनहरुमा भन्दा अहिले हुन गईरहेको निर्वाचनमा आचारसंहिता उलंघनको घटना कम देखिएको समेत बताउनु भयो ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको उलंघनको घटनाको उजुरीमाथि छानवीन गर्ने क्रम जारी रहेको पनि जनाएको छ । आगामी मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता उलंघन हुन नदिने गरी अनुगमनको आवश्यक व्यवस्था मिलाइएको पटकपटक दोहोर्‍याउनु भयो ।

Spread the love