एन आई सी एशिया बैंकको भाइबर स्टिकर सार्वजनिक

असोज १५,काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो भाइबर कम्युनिटीमार्फत ग्राहक महानुभावहरू माझ उपस्थिति जनाउने उद्देश्यका साथ आफ्नो भाइबर स्टिकर सार्वजनिक गरेको छ । यस भाइबर कम्युनिटीमार्फत ग्राहक महानुभावहरूको उपस्थितिलाई प्रवर्धन गर्ने अभिप्रायले बैंकले NIC ASIA Viber Quiz Buzz समेत सञ्चालनमा ल्याएको हो ।

जसमा दैनिक सहभागी भई भाइबर प्रयोगकर्ताहरूले दैनिक तथा साप्ताहिक रुपमा आकर्षक उपहारहरू जित्न सक्ने बैकले जनाएको छ । २०७८ आश्विन १४ देखि कार्तिक १० गतेसम्म सञ्चालन हुने यस NIC ASIA Viber Quiz Buzz मा दैनिक सहभागी भई त्यहाँ सोधिने सामान्य प्रश्नको सही जवाफ दिनुहुने एक जनाले साप्ताहिक रुपमा आकर्षक स्मार्टवाच जित्ने र हरेक दिन ४ जनाले रू. ५०० को मोबाइल रिचार्ज समेत जित्ने बताइएको छ । यसका लागि यस बैंकको भाइबर कम्युनिटीमा जोढिइ त्यहाँ रहेको यस बैंकका भाइबर स्टिकर डाउनलोड गर्नुपर्ने बैकले जनाएको छ ।

Spread the love