एमजिको नयाँँ विद्युतीय गाडी एमजि जेडएस इभि २०२२ नेपाली बजारमा सार्वजनिक

फागुन १६,काठमाडौं ।  पारामाउन्ट मोटर्सले आफ्नो नयाँँ विद्युतीय गाडी एमजि जेडएस् इभि २०२२ सार्वजनिक गरेको छ ।

नक्साल शोरुममा आज एक औपचारिक पत्रकार सम्मेलन गरी आफ्नो नयाँँ विद्युतीय गाडी सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा गाडीको मुल्य पनि सार्वजनिक गरिएको थियो । स्ट्यान्डर्ड रेन्ज र लङ्ग रेन्ज गरी दुई भेरियन्टमा आउने यो एमजि जेडएस् इभिमा दुईवटा ब्याट्री प्याकको विकल्पहरू पाउन सकिने जनाइएको छ । एउटा ५१.५८ kWh हाइ–टेक ब्याट्री भएको जसको रेन्ज ३१९किमी छ र अर्को ७२.६ kWh ब्याट्री भएको जसको रेन्ज ४४०किमी छ । यसको ग्राउन्ड क्लियरेन्स १७५ मिमी छ ।

एमजि जेडएस इभि २०२२ को इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेटहरु गरिएको र यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको बताइएको छ । साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन भएको साथै यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेल ल्याम्पहरू रहेको मोटर्सले जनाएको छ ।

एमजि जेडएस इभि २०२२मा १३० एच्पिको पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको छ । यो ८.५ सेकेन्डमा १०० किलोमिटर प्रति घण्टाको दरमा गूड्न सक्ने र एमजिको सिग्नेचर ग्लोबल डिजाइन भएको यो एलेक्ट्रोनिक गाडीमा पानोरमिक सनरुफ , १७ इन्चको डायमन्ड् कट एलोय व्हील्स र २.५ को पिएम फिल्टर लगायत अन्य धेरै सुविधाहरु रहेको मोटर्सले जनाएको छ ।

Spread the love