एमाले एक्लैले बहुमत ल्याउने अध्यक्ष ओलीको दावी

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दावी गर्नु भएको छ । नेपाली जनताको साथ रहेकाले एमाले एक्लैले बहुमत ल्याउने अध्यक्ष ओलीले दृढ विश्वास थियो । मंगलबार काठमाडौंमा पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेलगत्तै आयोजित बहस कार्यक्रममा भाग लिँदै उहाँले अरु पार्टीका लागि भने एकल बहुमत बिल्कूलै सम्भव नभएको जिकीर समेत गर्नु भयो । २७५ सिट मध्ये १३८ सिट प्रतिनिधिसभामा आए बहुमत पुग्ने उल्लेख गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले प्रतिनिधिसभामा १५० सिटको गन्तव्य बनाएर निर्वाचनमा होमिएको स्पष्ट पार्नु भयो । उहाँले एमालेले सरकारमा रहेर गरेका कामहरु जनताले देखेकाले पनि आगामी निर्वाचनमा बहुमत दिने तर्क थियो । अध्यक्ष ओलीले एमालेले आगामी निर्वाचनमा पपुलर मत ५१ प्रतिशत भन्दा बढि ल्याउने पटकपटक दोहोर्‍याउनु भयो ।
अध्यक्ष ओलीले पार्टीले सार्वजनिक गरेको चुनावी घोषणा पत्रको प्रतिवद्धताहरु पूरा गर्नका लागि ल्याइएको बताउनु भयो । आफ्नो चुनावी घोषणा पत्रलाई अन्य पार्टीहरुले झैं निरर्थक चर्चाको विषय नबनाएको उहाँको भनाई थियो ।
करिव २० हजार शब्दको घोषणा पत्रमा निर्वाचन जितेपछि मुलुकको समृद्धिका लागि एमालेले गर्ने कामहरुबारे चर्चा गरिएको छ ।

Spread the love