एसियन गेम्स तयारीको वातावरण मिलाई दिन मन्त्रीलाई संघको आग्रह

 

 

कार्तिक २५,काठमाडौं । १९औं एसियन गेम्स अर्को वर्ष चीनको हान्जाउमा हुँदै छ । सहभागिता जनाउने देशले एसियन गेम्सका लागि तयारी थालिसकेका छन् । तर नेपालमा भने अझै हुन सकेको छैन । अभ्यास थालनीको वातावरण मिलाई दिन भन्दै आज विभिन्न संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजलाई नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको स्वागत कार्यक्रममा आग्रह गरेका छन् ।

नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई आज नेपाल ओलम्पिक कमिटीले सातादोबाटो स्थित कार्यलयमा स्वागत गरेकोे छ । कार्यक्रममा विभिन्न संघका पदाधिकारी, ओलम्पिक कमिटिका पदाधिकारी पनि सहभागि थिए । सहभागिहरुले नजिकिँदै गरेको एसियन गेम्सका लागि तयारी गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् । कोरोना महामारीले थिलिएको मध्येको खेलकुद क्षेत्र अझै स्वभाविक तरिकाले अगाडि बढ्न सकेको छ । जसले गर्दा तय भएका विभिन्न खेल तालिका पनि प्रभावित भए ।

विश्व महाकुम्भ मेला ओलम्पिकलाई पनि केरोनाले प्रभावित गर्‍यो र एक वर्ष धेकिलिन पुगेको थियो । खेलाडीको तयारी पनि अन्योल परे । अब नजिकिँदै गरेको क्यालेन्डरमा एसियन गेम्स रहेको छ । हान्जाउमा हुने उक्त खेलका लागि अन्य देशका खेलाडीले तयार थालेका छन् । कोभिडले गर्दा नेपाली खेलाडीको स्तर खस्किएको भन्दै डबल मिहिनेत गर्नु पर्ने भएकाले तयारी अविलम्ब सुरु गर्नु पर्ने दीपक विष्टले बताए ।

विभिन्न संघका पदाधिकारीले राखेको मागलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले सबै संघका पदाधिकारीलाई एसियन गेम्सको तयारी थाल्न आग्रह गरे । मन्त्री गहतराजले १०÷८ महिनाको समय तयारीका लागि पर्याप्त समय भएको भन्दै अभ्यास तत्कालै थाल्न विभिन्न संघका पदाधिकारीले स्वागत कार्यक्रममा अग्रह गरेका हुन् ।

यस्तै स्वागत कार्यक्रमको आयोजक नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठले नेपाली खेलाडीले अभ्यास गर्ने उचित वातावरण पाएको खण्डमा राम्रो नतिजा ल्याउनेमा आफू आशावादी रहेको बताए । नयाँ ऐन र परिवेशलाई समन्वय गदै बजेट बिनियोजन खेलाडीको पक्षमा भएको अवस्थामा नेपाली खेलकुदको विकास हुने नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बताए ।

एसियन गेम्सका लागि अन्य देशले सहभागि हुन अभ्यास थाल्दा नेपालमा भने सहभागिताको औचित्यमा बल्ल छलफल हुँदै छ । गतिशील हुनेु पर्ने खेलकुद क्षेत्र खेलको मर्म अनुसार अगाडि बढ्न नसकदा नतिजा भगवान भरोसामा मात्र सिमित हुने गरेको छ । पदक आशा गरिए अनुसार लगानीका लागि पनि जिम्मेवार निकालयले समयमै ध्यान दिनु पर्ने हुन्छ ।

Spread the love