कर्मचारी सञ्चय कोषद्धारा सिभिलमललाई ऋण तिर्न ३५ दिने सूचना जारी

मङ्सिर ६, काठमाडौ । कर्मचारी सञ्चय कोषले सिभिल स्टेट्स प्रालिलाई आफ्नो ऋण तिर्न सुचना जारी गरेको छ ।

३५ दिने सूचना जारी  गरेर  काठमाडौंको सुन्धारा स्थित सिभिल मल धितोमा राखेर लिइएको ऋण तिर्न भनेको हो । कोषले ऋणको सावाँ र ब्याज रकम भुक्तानीको लागि दिइएको भाका नाघेको र  उक्त अवधिभित्र ऋण तिर्न नआए सिभिल मल लिलामी गर्ने बताएको छ । लिलामी सिलसिलामा लागेको सम्पुर्ण खर्च ऋणी बाट नै असुल गरिने कोषले जनाएको छ ।  कम्पनीले करिब २० करोड रूपैयाँ ऋण तिर्न बाँकी रहेको र नियमित रूपमा सावाँ र ब्याज नतिरेपछि सूचना निकालिएको जनाइएको हो ।

सन्चालक  इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ र प्रविण मुखिया रहेको उक्त मलमा १३२ पसल  रहेका छन् । ६ रोपनी जग्गामा रहेको मल  ८२ हजार ९५ वर्गफिटको रहेको जनाइएको छ ।

 

Spread the love