काठमाडौंका सडक सुनसान 

काठमाठौका सडक सुनसान बनेका छन् ।
कोरोना संक्रमणको जोखिम सँगै नजिकिएको दशैंमा पनि सडक सुनसान देखिए । उपत्यकाभित्र गुडिरहने सवारीसाधनहरु फाट्टफुट्ट देखिएपनि मुख्य चोकहरु तीनकुने, नयाँ बानेश्वर, माइतिघर, त्रिपुरेश्वर, रत्नपार्क क्षेत्रमा गाडिको आवागमन नगन्य नै थियो । उपत्यकामा संक्रमणको जोखिम बढेसँगै बाहिरिएकाहरु फर्किएका छैनन भने उपत्यका भित्र रहेकाहरु पनि घरबाहिर निस्किएनन् । अघिल्ला वर्षहरु जस्तै दशैं उल्लाहसमय नभएपनि महत्वपूर्ण चाड र सरकारले नै सार्वजनिक विदा दिएका कारण अन्य पर्वहरुको भन्दा दशैंको महत्व अलग्गै रहन्छ । यसैलेपनि दशैं मनाईरहेका काठमाडौंबासि सडकमा आएनन् । सडकमा सुरक्षा निकायका गाडि, आकस्मिक सेवाका गाडि, र आफ्नो अत्यावस्यक कामले हिडेका बाहेक अन्य गाडिहरु देखिएका छैनन् ।
दशैंको मुख्य दिनहरु सप्तमी, अष्ठमी, नवमी र टिकाका लागि सुरक्षा निकायले लागू गरेको सुरक्षा नीति अनुसार सडकमा सुरक्षाकर्मीको उपस्थिति भने देखिएको छ ।

Spread the love