काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाज दुर्घटना

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाज दुर्घटना भएको छ । आईतवार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको विमानस्थल दुर्घटना भएको हो । विमानमा कुल ७२ जना रहेको बताइएको छ । चालक दलका सदस्यसहित कुल ७२ जना विमानमा रहेको प्रहरीले बताएको छ । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा १० बजेर ५४ मिनेट जाँदा फेवा खोचमा दुर्घटना भएको हो । विमानमा ५३ जना स्वदेशी र १५ जना विदेशी नागरिक रहेका थिए । अहिले विमान दुर्घटनास्थलमा उद्धार कार्य जारी छ । अहिले दुई हेलिकप्टरबाट उद्धार कार्य जारी रहेको छ । जहाज के कारणले दुर्घटना भयो भन्ने बारेमा भने अध्ययन भइरहेको बताइएको छ ।

Spread the love