काठमाडौंमा प्रिन्ट छपाइ सम्बन्धी कला प्रदर्शनी शुरु

काठमाडौंमा प्रिन्ट छपाइ सम्बन्धी कला प्रदर्शनी भएको छ । गत आईतवारबाट शुरु भएको प्राध्यापक एवं दृश्य कलाकार सम्झना राजभण्डारीको प्रिन्ट सम्बन्धी कला प्रदर्शनी आज (मंगलवार) बेलुकासम्म हुनेछ । प्रदर्शनीमा वि.सं १९६५ सालदेखि नेपाल सरकारले प्रयोगमा ल्याएका हुलाक टिकटलाई प्रिन्ट मेकिङको माध्यमबाट ठूलो आकार बनाइ प्रदर्शनीमा राखिएको छ । दृश्य कलाकार सम्झना भण्डारीले यो पहिला हुलाक टिकटको प्रयोग धेरै भएपनि अहिले त्यसको प्रचलन हराउँदै गएकोले नयाँ पुस्तालाई जानकारीका लागि यस प्रदर्शनीले सहयाग पुग्ने बताउनु भयो । उहाँले सामाजिक सञ्जालका कारण यसको प्रयोग हराएँदै गएपनि पहिला हुलाककै माध्यमबाट देश, विदेशमा धेरै मानिसहरु आवतजावत गर्ने गरेको बताउनु भयो ।
दृश्य कलाकार राजभण्डारीले यस प्रदर्शनीमा उत्साहजनक कारोबार र अवलोकन कर्ताहरुको उपस्थिति भएको बताउनु भयो । उहाँले आफ्ना पिता स्व. विद्याधीश राजभण्डारीको सोख यो क्षेत्र रहेकोले पनि यसलाई संरक्षण र संवद्र्धन गर्न लागि परेको बताउनु भयो ।

Spread the love