काठमाडौं उपत्यकामा आज राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू

माघ ७ ,काठमाडौं । काठमाडौं उपत्यकामा आज राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले शुक्रबार राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको नयाँ भेरियन्ट फैलिएको भन्दै स्थानीय प्रशासनले यस्तो नियम लागू गरेको हो । जोर गते अन्तिममा जोर नम्बर भएको सवारी साधन चलाउन पाइने छ भने बिजोर गते अन्तिममा बिजोर नम्बर भएको सवारी साधन चलाउन पाइने जनाइएको छ ।

औषधि, स्वास्थ्य सामग्री बोकेका सवारीसाधनहरू, एम्बुलेन्स, दमकल, सववाहन, ग्यास पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, पशुपंक्षीका दाना, अन्डा फलफूल, खाद्यान्न, तरकारी, माछामासु बोकेका सवारी साधनमा भने जोरबिजोर प्रणाली लागू नहुने जनाइएको छ ।  जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने छ ।

Spread the love