काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायम

थानीय तह निर्वाचन २०७९ मा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहनुभएका बालेन्द्र साहले अग्रता कायम गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार साह १४ हजार ७ सय ७८ मत गणना गर्दासम्म ५ हजार ६ सय ९२ मतसहित अग्र स्थानमा हुनुहुन्छ । निर्वाचन आयोगका अनुसार उम्मेदवार साहलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहनु भएको छ । उम्मेदवार स्थापितले हालसम्म २ हजार ९९२ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हजार ६५७ मत प्रप्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौंका शाखा अधिकृत प्रेमकुमार श्रेष्ठका अनुसार अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले क्रमशः कलम १२, तराजु ६५, हलो ५२२, मादल ७, हँसिया र तारा २, चक्का ७, कुखुराको भाले २, हृदय ९, खड्ग ६, सुँगा ३, करुवा २, तीर २, साँचो २, कार २, किताव ९, बाघ १, आधा खोसेला निस्किएको मकैको घोगा १, पुतली १, खरायो २, भुँइकटहर १, गुलावको फूल १, खानेपानीको धारा १७, लाल्टिन १, चिल ४, क्याप २४, तिलहरी १, रिक्सा १, आँखी झ्याल ५१९ र टायरको चुनाव चिन्ह लिएर उठेका मेयरका उम्मेदवारले २ मत प्राप्त गर्नुभएको छ ।
शाखा अधिकृत श्रेष्ठले उपमेयरमा नेकपा एमालेबाट उम्मेदवार सुनिता डंगोल अग्र स्थानमा रहेको बताउनु भयो । उहाँले हालसम्म ५ हजार ८ सय ९६ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामेश्वर श्रेष्ठले १ हजार ६ सय ३२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले क्रमशः तराजु २७८, हलो १,२४९, मादल ५, हँसिया र तारा ३, चक्का ७, कमलको फूल ३, हृदय १, खड्ग १, सुँगा १, करुवा ६, गोलाकार भित्र हँसिया हतौडा १, किबोर्डसहितको कम्प्यूटर ४, तीर १, बाघ २, आधा खोसेलो निकालिएको मकैको घोगा ११, पुतली १, खरायो २, भुँइकटहर १, आँप २, गुलावको फूल २, लौरो ६२३, खानेपानीको धारा १, कैँची १, मुडा ३, जेब्रा ३, लाल्टिन २, घण्टाघर ४, क्याप ३८, अर्ना ६, आँखी झ्याल ५८३ मत प्राप्त गर्नुभएको छ । गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को अहिले मत गणना कार्य जारी छ । काठमाडौं महानगरपालिकामा अहिले १,२,३,४,५,३१ र ३२ वडाको मत गणना भएको छ । जसमा १ नम्बर वडाको मत परिणाम आइसकेको छ ।

Spread the love