काठमाडौं महानगरपालिकाको निर्वाचित पदाधिकारीको औपचारिक घोषणा

काठमाडौं महानगरपालिकको प्रमुखमा बालेन्द्र साह विजयी हुनुभएको छ । शुक्रवार राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको मत परिणाम सार्वजनिक गर्दै आयोगले महानगरको प्रमुखमा बालेन्द्र साह विजयी भएको औपचारिक घोषणा गरेको हो । घोषणापछि बोल्दै नवनिर्वाचति मेयर साहले काठमाडौंलाई अबको ५ वर्षमा विश्वकै सुन्दर शहर बनाउने घोषणा गर्नुभयो । उहाँले काठमाडौंलाई एउटै परिवार ठानेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो । नवनिर्वाचित मेयर साहले विजयलाई नयाँ कार्यको थालनीको रुपमा लिएको बताउनु भयो । उहाँले अबको ५ वर्ष आफ्ना कार्ययोजनालाई पूणर् गर्ने बताउनु भयो ।
काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित साहले ६१ हजार ७६७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उहाँकी प्रतिद्वन्दी गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जन सिंहले ३८ हजार ३४१, नेकपा एमालेका उम्मेदवार स्थापितले ३८ हजार ११७ मत प्राप्त गर्नुभयो । त्यस्तै काठमाडौं महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल ६८ हजार ६१२ मत प्राप्त गरी विजयी हुनुभएको छ । औपचारिक घोषणा कार्यक्रममा काठमाडौंका प्रमुख निर्वाचन अधिकृत राजुकुमार खतिवडाले नवनिर्वाचित मेयर साह र उपमेयर डंगोललाई जितको बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो ।

Spread the love