काठमाडौं महानगरपालिकाको टुकुचा उत्खनन अभियान जारी

काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । आज पनि महानगरपालिकाको टोलीले आज (सोमवार) हात्तीसार-कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो । टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन जारी राखेको छ । केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको थियो । उत्खननस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौं महानगर नगरी प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले महानगरपालिकाको आदेशमा नै टुकुचा उत्खनन गरेको बताउनु भयो । उहाँले महानगरपालिका विकासका लागि अघि बढीसकेको भन्दै अब काम गर्नका लागि पछि नहट्ने बताउनु भयो । उहाँले कामनपा चीनको स्टाइलमा विकास गर्नका लागि अघि बढेको र रातारात काठमाडौं परिवर्तन गर्ने योजनामा रहेको बताउन भयो ।
आईतवार टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन उच्च अदालत पाटनले आदेश काठमाडौं महानगरपालिकालाई आदेश दिएको थियो । काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर निर्माण गरेका संरचना डोजर लगाएर भत्काउन लागेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टूर्स प्रालिको तर्फबाट भोलाविक्रम थापा समेतले दायर गरेको रिटमा उच्च अदालतले अन्तरकालीन आदेश जारी गरेको थियो । यद्यपी महानगरले भने टुकुचा खोला उत्खननको प्रक्रिया अघि बढाएको छ ।

Spread the love