काठमाडौं महानगरपालिका र नर्भिक अस्पतालका प्राविधिक सहितको अध्ययन समिति गठन गर्ने सहमति

नर्भिक अस्पतालले सरकारी जग्गा मिचेर संरचना बनाएको विषयमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालका प्राविधिक सहितको अध्ययन समिति गठन गर्ने सहमति भएको छ । महानगरले नर्भिकलाई सार्वजनिक जग्गाको संचरना हटाउन २४ घण्टे अल्टिमेटम दिएपनि तत्काल अल्टिमेटम अनुसार संरचना नभत्काउने भएको हो । मंगलवार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अस्पताल पुगेर महानगरपालिका र अस्पतालका प्राविधिक राखेर प्राविधिकहरुको निर्देशन अनुसार अगाडी बढ्ने सहमति गर्नुभयो । उहाँले प्राविधिहरुले दिएको सुझाव अनुसार ३० देखि ३५ दिनमा संरचना व्यवस्थान गर्नुपर्ने बताउनु भयो । मेयर साहले नियम सबैलाई बराबर हुनुपर्ने बताउनु भयो । उहाँले सार्वजनिक जग्गा मिच्ने,फुटपाथ मिच्ने विषय एउटै भएकाले सबैलाई कानून बराबर लाग्ने बताउनु भयो । मेयर शाहले आफूलाई अस्पतालले सरकारसँग जग्गा लिजमा लिएको विषयमा समस्या नभएको बताउनु भयो । उहाँले अस्पताललाई मन्त्रीपरिषद्ले निणर्य गरेर जग्गा लिजमा दिएपनि महानगरलाई केही फरक नपर्ने तर मन्त्रीपरिषद्ले जग्गा अस्पताललाई दिनुपर्ने बताउनु भयो ।
अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले सरकारसँग भएको जग्गा लिजको सम्झौताको पूणर् रुपमा पालना गरेको बताउनु भयो । उहाँले अझै अस्पतालसँग सम्झौता अनुसार ८ वर्ष बाँकी रहेको बताउनु भयो । अध्यक्ष सिंहले महानगर र अस्पतालको प्राविधिकहरुको समितिले दिएको सुझाव अनुसार अगाडि बढ्ने कुरा भएको बताउनु भयो ।
नर्भिक अस्पतालले आफूले कानून अनुसार जग्गा भाडामा लिएको र त्यहाँ अस्पतालका लागि अत्यावश्यक अक्सिजनसहितका सामग्री भण्डारणमा रहेको बताएको छ । अस्पताल र महानगरबीच समिति बनाउने र उसकै सिफारिस अनुसार अघि बढ्ने सहमति भएको छ । नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्शा पास नगरी घर टहरा बनाएको महानगरको ठहर छ ।

Spread the love