कान्ति बाल अस्पतालमा सारिकादेवी चौधरी आकस्मिक कक्ष सञ्चालन

कान्ति बाल अस्पतालमा सारिकादेवी चौधरी आकस्मिक कक्ष सञ्चालनमा आएको छ । चांैधरी फाउण्डेसनले काठमाडौंको महाराजगंजस्थित कान्ति बाल अस्पतालमा सारिकादेवी चौधरी आकस्मिक कक्ष निर्माण गरि अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेसँगै सो आकस्मिक कक्ष सञ्चालनमा आएको हो । बुधबार अस्पतालमा आयोजित एक समारोहकाबीच नेपाल सरकारका राज्यमन्त्री उमेश श्रेष्ठले उक्त कक्षको उद्घाटन गर्नुभएको हो ।
आकस्मिक कक्षको निर्माण लागत करिब २ करोड ५० लाख रुपैयाँ रहेकोे फाउन्डेसनले जनाएको छ । पmाउण्डेसनले इमर्जेन्सी वार्डको पुनर्संरचना गर्दै १८ अत्याधुनिक विद्युतीय शैयासहित २५ शैया, २५ मनिटर, २५ इन्फ्युजन पम्प, २५ सिरिन्ज पम्प, १४ रेडियन्ट वार्मर, ५ बबल सिप्याप मेसिन, २ इमरजेन्सी ट्रली, २ फोटोथेरापी युनिट, २ लिक्युड वामर, इसिजि मेसिन, पोर्टेबल कलर डोप्लर, हाइड्रोलिक सर्जिकल टेबल, ट्रान्सपोर्ट इन्क्युवेटरलगायतका सामाग्री पनि अस्पताललाई उपलब्ध गराएको जानकारी गराइएको छ । इमर्जेन्सी वार्डलाई निःशुल्क वाईफाई जोन पनि बनाइएको बताइएको छ ।

Spread the love