कार्तिक २८ गते मधुमेह सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

कार्तिक २८ गते सोमवार मधुमेह रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । अल्का अस्पतालले गत वर्ष झैँ यस वर्ष पनि वृहत मधुमेह रोग सम्बन्धी वृहत स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्न लागेको हो । स्वास्थ्य शिविरबाट अस्पतालले २०० जना बिरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने जनाएको छ । अस्पतालले शिविर सञ्चालनको दिन मधुमेह सम्बन्धी आवश्यक औषधि वितरण १० दिन सम्मको लागि निःशुल्क गर्ने अल्का अस्पतालका प्रशासन प्रमुख भगवान केसीले बताउनु भयो । उहाँले शिविरमा निःशुल्क एचबीएवानसी, पीपी फास्टिङ र र्‍यान्डम ब्लड सुगर परीक्षण हुने बताउनु भयो । उहाँले शिविरमा सहभागी हुन अग्रिम नाम दर्ता गर्नुपर्ने र नाम दर्ता कार्तिक २४ गतेबाट शुरु भइ कार्तिक २७ गतेसम्म बिहान ७ बजेदेखि ५ बजेसम्म अल्का अस्पतालको फोन नम्बर ०१५४५५५५५ मा आफ्नो नाम लेखाउनुपर्ने बताउनु भयो ।
अस्पतालले विश्व मधुमेह दिवस २०२२ (नोभेम्बर १४) को अवसरमा वरिष्ठ मधुमेह रोग विशेषज्ञद्वारा परीक्षण गर्ने बताएको छ । अस्पतालले शिविरमा मधुमेह रोगका बिरामीहरु मात्रै सहभागी हुन पनि आग्रह गरेको छ ।

Spread the love