कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा आउने

कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा आउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आ.व. २०७९/८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै आम सञ्चारको क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकास गर्न कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याइने बताउनुभएको हो । त्यस्तै हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यवसायिक बनाइने उहाँले उल्लेख गर्नुभयो । उहाँले नेपाललाई विदेशी चलचित्र छायांकनका लागि आकर्षक स्थलको रुपमा विकास गर्न प्रवद्र्धन गरिने पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘आम सञ्चारको क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकास गर्न कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याइने छ । हुलाक सेवालाई समय अनुकुल, आधुनिक, प्रतिस्पर्धी र व्यवसायिक बनाइने छ । चलचित्र मार्फत् अन्तर्राष्ट्रिय स्तरमा नेपालको कला, संस्कृति र भौगोलिक विविधता एवं सुन्दरताको प्रचार प्रसार गरिनेछ । नेपाललाई विदेशी चलचित्र छायांकनका लागि आकर्षक स्थलको रुपमा विकास गर्न प्रवद्र्धन गरिनेछ ।’
राष्ट्रपति भण्डारीले नेपालमै सुरक्षण मुद्रणको काम सुरु गर्न आधुनिक प्रविधिको उपयोग र क्षमता विस्तार गरिने पनि उल्लेख गर्नुभयो ।

Spread the love