के छ आज, बिदेशी मुद्राको विनिमय दर ?

असार २८, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बिवरण अनुसार, अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७३ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ १८ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४५ पैसा रहेको छ ।

हेरौं, आजको विनिमय दर ।

 

Spread the love