के छ आज बिदेशी मुद्राको विनिमय दर ?

साउन ८, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैंकको विवरण अनुसार, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ।

अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४४ पैसा रहेको छ । युरो एकको खरिददर १४० रुपैयाँ १४ पैसा र बिक्रीदर १४० रुपैयाँ ८४ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेरौं आजको विनिमय दर ।

Spread the love