कोकाकोलाको बोतलहरुमा ‘धन्यवाद’ शब्द लेबल गरीने

असोज १३,काठमाडौं ।  कोकाकोलाले यस वर्षको दसैँलाई केन्द्रीत गरी कोकका बोतलहरुमा ‘धन्यवाद’ शब्द लेबल गरी उपभोक्ता माझ पठाउने भएको छ ।
कोकाकोलाले बुधबार पत्रकार सम्मेलन गरी यस वर्षको दसैँलाई लक्षित गरी धन्यवाद लेखिएको कोकाकोला बजारमा ल्याइएको जानकारी दिएको हो । यसको मुख्य आशय कोभिड १९ को महामारीको कठिन समयमा व्यक्तिसँग सहयात्रीका रुपमा रहेका साथीहरु, परिवार र फ्रन्टलाइनरहरुलाई कोकको बोटलमार्फत् धन्यवाद व्यक्त गर्नु रहेको बताइएको छ ।
कोकाकोलाले सहयात्री बनेका व्यक्तिहरुलाई धन्यवाद व्यक्त गर्न आमा, बुबा, दाई, भाई, दिदी, बहिनी, साथी र सेवाकर्मीहरुका लागि भनि ८ वटा नयाँ लेबल प्रस्तुत गरेको कोकाकोला नेपालका कन्ट्री निर्देशक आदर्श अवस्थीले बताउनुभयो । उहाँले यसपालिको दसैँ महामारीका समयमा प्रोत्साहित र प्रेरित गर्नुभएका परिवारका सदस्य र साथीहरु प्रति अभार व्यक्त गर्दै मनाउन कोकाकोलाले प्रेरित गरेको पनि उल्लेख गर्नुभयो ।
कोकाकोलाले आफ्नो नयाँ ब्राण्ड एम्बेसडरको रुपमा नायिका स्वस्तिमा खड्कालाई घोषणा गरेको छ ।
Spread the love