कोरोना भाइरस संक्रमण नियन्त्रण कोषमा निजी क्षेत्रबाट सहयोग गर्ने क्रम जारी

लक्ष्मी समूहले पनि गर्यो कोषमा १ करोड सहायोग गर्ने घोषणा

सरकारले खडा गरेको कोरोना भाइरस संक्रमण नियन्त्रण कोषमा निजी क्षेत्रबाट उल्लेख्य सहयोग हुन थालेको छ । सरकारले घोषणा गरेकै दिन सरकारी बैंक नेपाल बैंकले १ करोड दिने घोषणा गरेकोमा निजी क्षेत्रका बैंक तथा वित्तिय संस्था र कर्पोरेट हाउसहरुबाट समेत त्यस प्रकारको सहयोगको घोषणा भटाभट भईरहेको छ । बैंक तथा वित्तिय संस्थाहरुमा नेपाल बैंकले १ करोड दिने घोषणा गरेको छ भने कर्पोरेट क्षेत्रमा भाटभटेनी समूह, लक्ष्मी समुह, एनसेल लगाएलते समेत सहयोगको हात अघि बढाएका छन् ।भाटभटेनी समूहले १ करोडको चेक हस्तान्तरण गरेको छ भने लक्ष्मी समूहले पनि १ करोड रुपैंया नै सहयोग गर्ने घोषणा गरेको छ । त्यसैगरि एनसेलले भने १० करोड रुपैंया सहयोग गरेको जनाएको छ ।

Spread the love