खाडी मुलुकमा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्न संसदीय समितिलाई आग्रह

मङ्सिर ८,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले खाडी मुलुकमा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्न संसदीय समितिलाई आग्रह गर्नुभएको छ ।

मन्त्री श्रेष्ठले विदामा आएका घरेलु कामदारलाई विदेश जान पुनः श्रम स्वीकृति दिने वातावरण बनाउन प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा यस्तो आग्रह गर्नुभएको हो । उहाँले कतिपय घरेलु कामदार आउन नपाउने डरले विदेशमा नै बसेको र विदामा घर आएका नेपाली कामदार रोजगारीमा फर्कनबाट बञ्चित भएका बताउनुभयो ।

समितिको बैठकमा सांसदहरुले भने विचौलीयाका कारण वैदेशिक रोजगारीमा जाने कामदारहरु ठगीने गरेको भन्दै विचौलीया नियन्त्रण गर्न कठोर कदम चाल्न मन्त्री श्रेष्ठलाई सुझाव दिएका छन् । यस्तै, वैदेशिक रोजगारमा जाने कामदारका लागि व्यवस्था गरिएको फ्री भिसा फ्री टिकट कार्यानवयन नै नभएको भन्दै गृनासो समेत गरेका छन् । सांसदहरुले निर्णय भएको लामो समय वित्दा पनि कामदारले म्यानपावर व्यवसायीहरुलाई मोटो रकम बुझाउनुपर्ने अवस्था विद्यमान रहेको पनि बताएका छन् ।

त्यस्तै,श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सरकारले बेलायतमा रोजगारीका लागी नेपाली नर्स पठाउने भएको बताउनुभएको छ । सचिव गौतमले वेलायत सरकारको माग अनुसार नेपाल सरकारले १० हजार नर्स रोजगारीका लागी पठाउने भएको बताउनु भएको हो ।उहाँले जीटुजी सम्झौता माफत् नेपालबाट रोजगारीका लागि नर्स लैजाने विषयमा वेलायतसँग सम्झौताको तयारी भइरहेको बताउनु भयो ।उहाँले कोभिडपछि वेलायतमा करिब एक लाख नर्सको माग भएकामा फिलिपिन्स, भारत र नेपालबाट नसिङ क्षेत्रमा आवद्ध भएका कामदार लाने तयारी भएको बताउनुभयो ।

सचिव गौतमले बेलायत सरकारले आउँदो डिसेम्बर भित्रै नेपाली नर्स रोजगारीका लागि लाने प्रतिवद्धता जनाएको बताउनुभयो । त्यसका लागि परराष्ष्ट्र मन्त्रालयमाफत् आग्रह पत्र प्राप्त भएसँगै मन्त्रालयका महाशाखा प्रमुखको नेतृत्वमा सात सदस्य वार्ता टोली समेत गठन भइसेको बताउनुभयो । उहाँले वाता टोलीले एक चरणको छलफल समेत सम्पन्न गरि सकेको पनि बताउनुभयो ।सचिव गौतमले मन्त्रीपरिषद्ले निर्देशन पारित गरेमा नेपालबाट विदेशमा रोजागारीको लागि माग भएका कामदार पठाउनु सहज हुने बताउनु भयो।

Spread the love