खानेपानी मन्त्री मणिचन्द्र थापाले गरे पद तथा गोपनियताको सपथ ग्रहण

नवनियुक्त खानेपानी मन्त्री मणिचन्द्र थापाले देशका ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाईको अवस्था अध्ययन गर्ने निणर्यमा हस्ताक्षर गरेर मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ । आइतबार खानेपानी मन्त्रालयमा मन्त्रीको जिम्मेवारी सम्हाल्दै थापाले देशभरी ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निणर्यमा हस्ताक्षर गर्नुभएको हो । कार्यभार सम्हाल्दै मन्त्री थापाले देशको समृद्धि, स्थायित्व तथा स्थायी सरकारको विषय मुख्य भएकाले देशलाई स्थिरतातर्फ लैजान कोसिस गर्ने बताउनुभयो । उहाले स्थिरता र समृद्धिको बाहकको रुपमा स्थायी सरकार बनाउन जरुरी रहेको पनि बताउनुभयो ।

मन्त्री थापाले मन्त्रालयको काममा आफ्नो तर्फबाट कुनै प्रकारको दबाब नहुने बताउनुभयो । देखापर्ने समस्यालाई आपसी सहकार्य र अन्र्तक्रियाबाट समाधान गर्न सकिनेमा जोड दिनुभयो ।

Spread the love