खेलकुदको विकासमा राज्यको दृष्टिकोण पर्नुपर्नेमा पृथ्वीमान गुरुङको जोड

पुष २५,काठमाडौं । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको खेलकुद क्षेत्रको विकासमा सरकारकोे दृष्टिकोण अझै पुग्न नसकेको बताउनु भएको छ ।

आईतबार गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारणसभा तथा अधिवेशनको उदघाटन गर्दै प्रदेश प्रमुख गुरुङले खेलकुदको विकासमा राज्यको दृष्टिकोण पर्नुपर्नेमा जोड दिनु भयो । सरकार चलाउन मात्रै दलका नेताहरु केन्द्रित हुँदा खेलकुद क्षेत्रको विकासमा उनीहरुको दृष्टिकोण पुग्न नसकेको उहाँको भनाई थियो ।

खेलकुदको विकासलाई अर्थले पनि निर्देशित गर्ने भन्दै प्रदेश प्रमुख गुरुङले आर्थिक कमीले खेलकुद अत्यन्तै पिछडिएको लघु अवस्थामा रहेको उल्लेख गर्नु भयो । हिजो फुटबल मात्रै खेलकुद भन्ने भान भएपनि अहिले खेलकुद व्यापक भएको उहाँले बताउनु भयो । अन्तर्राष्ट्रिय क्षेत्रमा स्पोर्टसम्यानसिप देखाउन सक्यो भने आर्थिक रुपमा बलियो बन्न सकिने पनि प्रदेश प्रमुख गुरुङले बताउनु भयो ।

अधिवेशनले जगनबहादुर गुरुङको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

 

Spread the love