गुल्मीको रेसुङ्गा विमानस्थलमा पहिलो परीक्षण उडान सफल

गुल्मीको रेसुङ्गा विमानस्थलमा पहिलो पटक परीक्षण उडान सफल भएको छ । आईतवार बिहान १२ बजे काठमाडौंदेखि उडेको तारा एअरको नाइन. एन-ए. एल. ओ जहाज रेसुङ्गा विमानस्थलमा अवतरण भएको हो । डेमोस्ट्रेसन उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र तारा एयरलाइन्सबीच रेसुङ्गा नगरपालिकाको तर्फबाट सम्झौता भई उडान भएको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो । उक्त जहाज काठमाडौँबाट गुल्मी विमानस्थलमा ५० मिनेटको समयमा पुगेको प्राधिकरणले जनाएको छ । आईतवार डेमोस्ट्रेसन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताउनु भयो ।
डेमो उडानका अवसरमा आज रेसुङ्गा नगरपालिकामा बिदासमेत दिइएको थियो । जहाजमा पूर्व पराराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गुल्मी क्षेत्र नम्बर १ का सांसद चन्द्र भण्डारी, नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री लगायत सहभागी हुनुभएको थियो ।

Spread the love