गोलभेडाको मुल्य कालिमाटी तरकारी बजारमै प्रतिकेजी १२५ रूपैयाँ

कार्तिक ३,काठमाडौं । शुक्रबार काठमाण्डौमा आलु रातो(भारतीय) को मूल्यमा कुनै परिवर्तन भएको छैन । बिहीबार प्रतिकेजी ४२ रुपैया ५० पैसामा कारोवार भएको आलु रातो (भारतीय)को मुल्य शुक्रबार प्रतिकेजी ४२ रूपैयाँ ५० पैसामा कारोवार भइरहेको छ । शुक्रबार काउली (स्थानिय)को मुल्यमा ९ रुपैयाँले बृद्धि भएको छ। बिहीबार प्रतिकेजी ६६ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य शुक्रबार प्रतिकेजी ७५ रुपैंयामा कारोवार भइरहेको छ ।

शुक्रबार प्याज सुकेको (भारतिय)को मूल्यमा १ रुपैयाँले गिरावट भएको छ। बिहीबार प्रतिकेजी ५३ रुपैया ५० पैसामा कारोवार भएको प्याज सुकेको (भारतिय) शुक्रबार प्रतिकेजी ५२ रुपैया ५० पैसामा कारोवार भइरहेको छ।

बिहीबारको तुलनामा शुक्रबार गोलभेडा सानो(टनेल)को मुल्य १ रुपैयाले बृद्धि भएको छ। बिहीबार प्रतिकेजी ९६ रुपैयामा कारोवार भएको गोलभेडा सानो(टनेल) शुक्रबार प्रतिकेजी ९७ रूपैयाँमा कारोवार भइरहेको छ । शुक्रबार सानो गोलभेडा(लोकल्) को मुल्यमा ५ रुपैयाँले वृद्धि भएको छ ।बिहीबार प्रतिकेजी ८५ रुपैयामा कारोवार भएको सानो गोलभेडा(लोकल्) को मुल्य शुक्रबार प्रतिकेजी ९० रुपैयामा कारोवार भइरहेको छ। बिहीबार  प्रतिकेजी ११५ रूपैयाँमा कारोवार भएको गोलभेडा (नेपालि) को मुल्य १० रुपैयाँले वृद्धि भएर शुक्रबार प्रतिकेजी १२५ रूपैयाँमा कारोवार भइरहेको छ ।

Spread the love