चरा ठोक्किएपछि जजिराको जहाज गौतमबुद्ध विमानस्थलमा रोकियो , प्राविधिक निरीक्षण हुदै

कुवेतको वायुसेवा कम्पनी जजिरा एयरवेजको जहाजमा चरा ठोक्किएको छ । चरा ठोक्किएको जहाज भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड गराइएको विमानस्थलले जनाएको छ ।
जहाजको बाहिरी भागमा रगतको छिट्टाहरु देखिएका कारण चरा ठोक्किएको आशंका गरिएको जनाएको छ । कम्पनीले गत जेठ २ गतेबाट यो विमानस्थलबाट आफ्नो नियमित उडान सुरु गरेको हो । हाल जीआइएबाट साताको तीनवटा उडान गर्दै आएको यो कम्पनीले निकट भविष्यमै सातवटा उडान गर्ने योजना बनाएको छ ।

Spread the love