चालु आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण : गभर्नर अधिकारी

पुष २६,काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले चालु आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको बताउनु भएको छ ।

आईतबार संसद्को सार्वजनिक लेखा समितिमा वर्तमान आर्थिक अवस्थाबारे धारणा राख्दै गभर्नर अधिकारीले चालु आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको बताउनु भएको हो । उहाँले पछिल्लो समय लक्ष्य हासिल गर्ने केही सिङगलहरु भए पनि ७ प्रतिशत आर्थिक वृद्धिदर पुग्न चुनौती रहेको बताउनुभयो । गभर्नर अधिकारीले चालु पुँजीगत खर्च बढाउन नसक्दा तथा समस्या कारण लक्ष्य हासिल गर्न समस्या रहेको बताउनुभयो । उहाँले आर्थिक वृद्धिको लक्ष्य मात्रै नभएर चालु वर्ष मूल्यवृद्धि स्थिर राख्न नसकेर मूल्यवृद्धि समेत बढ्ने देखिएको बताउनुभएको हो । उहाँले चालु वर्षको मूल्यवृद्धि लक्ष्य साढे ६ प्रतिशत भन्दा माथि जान नलदिने रहेको बताउनुभयो ।

त्यस्तै गभर्नर अधिकारीले छोटो समयमा उठाइने आन्तरिक ऋणका कारण बैंकिङ प्रणालीमा थप तरलता समस्या हुने बताउनु भयो । उहाँले सरकारले आन्तरिक ऋण उठाउने बेला भएको भन्दै त्यसले समस्या निम्तिने बताउनुभयो । गभर्नर अधिकारीले चालु वर्ष ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठिसकेको बताउनुभयो । उहाँले सरकारले २ खर्ब ५० अर्ब रुपैयाँ उठाउने लक्ष्य लिएकोमा अहिले अब बाँकी २ खर्ब ४४ अर्ब रुपैयाँ रहेको र त्य पनि उठाउदा झन् तरलतामा दबाब पर्ने बताउनु भयो । गभर्नर अधिकारीले गत पाँच महिनामा मात्रै ३ अर्बको आयात भएको बताउनुभयो । उहाँले हाम्रो जस्ता अर्थतन्त्र भएको मुलुकमा ३ खर्बको आयात बढ्दा बजारमा तरता अभाव भएको बताउनुभयो । उहाँले नेपालमा सबै भन्दा बढी तरलता बढी हुँदा २ खर्ब मात्रै रहेको बताउनुभयो । चालु आर्थिक वर्षमा निर्यात १०५ प्रतिशतले बढेता पनि खुसी हुनु पर्ने स्थिति नभएको बताउनुभयो । उहाँले वित्तीय प्रणालीको स्थिरताका लागि बैंकहरुको ब्याजदर नियन्त्रणको नीति लिएको बताउनु भयो ।

त्यस्तै गभर्नर अधिकारीले अर्थतन्त्रको प्रमुख चुनौतीकोरुपमा विकास खर्च हुन नसक्नु भएको बताउनु भयो । उहाँले पुँजीगत खर्चमा तीव्रता ल्याएर राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगतिलाई जोड दिनुपर्ने बताउनुभयो । गभर्नर अधिकारीले अन्तर निकाय समन्वयलाई बढाउन सके विकास खर्च बढ्न सक्ने बताउनु भयो ।

त्यस्तै, अर्थसचिव मधुकुमार मरासिनीले सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्ने बताउनुभयो । उहाँले पछिल्लो समय बजारमा भएको तरलता अभाव तथा नेपालमा पनि कोरोनाको तेस्रो भेरियन्टको कारण समस्या पर्ने अवस्था आएको बताउनु भयो । अर्थमन्त्रलायले यो अवस्थालाई हेरर नीतिगत निर्णय गर्नुृ पर्ने अवस्था आएको पनि सचिवले बताउनुभयो । उहाँले पछिल्लो समय नेपालमा ९८ प्रतिशत उद्योग धन्दा चलायमान भएकाले पनि लक्ष्य हासिल गर्न चुनौती नरहेको बताउनु भयो । उहाँले पछिल्लो समय सरकारले राजश्व संकलनमा लिएको नीतिले राम्रोसँग कार्यान्वयन भएको बताउनुभयो । त्यसको उदाहरण सुन चाँदी आयातमा देखिएको बताउनु भयो ।

सचिव मरासिनीले राजस्व संकलनको लक्ष्य सरकारले पुरा गर्ने बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको पुँजीगत खर्च नहुनुको मुख्य कारण बजेट र मन्त्रिपरिषद् गठन ढिलो हुनु भएको बताउनुभयो ।

 

Spread the love