चालु आर्थिक वर्ष २०७८/७९ मा कुल सरकारी खर्च ८८.६ प्रतिशतले हुने अनुमान

सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा कुल सरकारी खर्च ८८.६ प्रतिशतले हुने अनुमान गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा आ.व. २०७९/८० को बजेट प्रस्तुत गर्ने क्रममा आर्थिक वर्ष २०७८/७९ मा कुल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड रुपैयाँ अर्थात ८८.६ प्रतिशत हुने संशोधित अनुमान रहेको बताउनुभएको हो । उहाँले कुल सरकारी खर्च मध्ये चालु खर्च ९ खर्ब ७१ अर्ब ८६ करोड रुपैयाँ अर्थात् ९१.२ प्रतिशत, पुँजिगत खर्च ३ खर्ब ९ करोड रुपैयाँ अर्थात् ७९.४ प्रतिशत र वित्तिय व्यवस्था तर्फ १ खर्ब ७५ अर्ब ५६ करोड रुपैयाँ अर्थात् ९२.७ प्रतिशत खर्च हुने संशोधित अनुमान रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘आर्थिक वर्ष २०७८/७९ मा कुल सरकारी खर्च रु. १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात ८८.६ प्रतिशत हुने संशोधित अनुमान छ । कुल सरकारी खर्च मध्ये चालु खर्च रु. ९ खर्ब ७१ अर्ब ८६ करोड अर्थात् ९१.२ प्रतिशत, पुँजिगत खर्च रु. ३ खर्ब ९ करोड अर्थात् ७९.४ प्रतिशत र वित्तिय व्यवस्था तर्फ रु. १ खर्ब ७५ अर्ब ५६ करोड अर्थात् ९२.७ प्रतिशत खर्च हुने संशोधित अनुमान छ ।’
उहाँले चालु आर्थिक वर्षमा राजस्वमार्फत् ११ खर्ब ५२ अर्ब ४२ करोड रुपैयाँ संकलन हुने अनुमान रहेको बताउनुभयो । अर्थमन्त्री शर्माले चालु आर्थिक वर्ष वैदेशिक सहायतातर्फ अनुदान २४ अर्ब ८१ करोड रुपैयाँ र ऋण १ खर्ब ७२ अर्ब ८८ करोड रुपैयाँ परिचालित हुने संशोधित अनुमान रहेको बताउनुभयो । त्यस्तै चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म १ खर्ब ३५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकिएका तथा २ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ आन्तरिक ऋण परिचालन हुने अवस्था रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘हालसम्मको राजस्व संकलन अवस्था सन्तोषजनक रहेको छ । चालु आर्थिक वर्षमा राजस्व परिचालन लक्ष्यको हाराहारीमा नै रही रु. ११ खर्ब ५२ अर्ब ४२ करोड संकलन हुने अनुमान छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढी हो । चालु आर्थिक वर्ष वैदेशिक सहायतातर्फ अनुदान रु. २४ अर्ब ८१ करोड र ऋण रु. १ खर्ब ७२ अर्ब ८८ करोड परिचालित हुने संशोधित अनुमान छ । चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म रु. १ खर्ब ३५ अर्ब आन्तरिक ऋण उठाइसकिएको छ । चालु आर्थिक वर्षमा रु. २ खर्ब ३१ अर्ब ३० करोड आन्तरिक ऋण परिचालन हुने अवस्था रहेको छ ।’
अर्थमन्त्री शर्माले आ.व. २०७९/८० को बजेट संसदमा प्रस्तुत गरिरहनुभएको छ ।

Spread the love