चितवनको विकास र सम्बन्ध टुट्नै छैनः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गृह जिल्ला चितवनबाट मतदान गर्नुभएको छ । भरतपुर महानगरपालिका- १४ शिवनगरमा रहेको पुलिस स्कुलमा रहेको मतदान केन्द्रबाट अध्यक्ष दाहालले मतदान गर्नुभएको हो । यसैबीच मतदानपछि अध्यक्ष दाहालले संविधान सभाबाट संविधान जारी भएपछिको दोस्रो आम निर्वाचन भएकाले यो निर्वाचन ऐतिहासिक महत्वको भएको बताउनु भयो । उहाँले यो निर्वाचनबाट गठबन्धनले आरामले बहुमत ल्याउनेसमेत बताउनु भयो । उहाँले प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने बताएँदै चितवनसँगको आफ्नो सम्बन्ध सुमधुर रहेको बताउनु भयो । अध्यक्ष दाहालले आफू गोरखाबाट निर्वाचन लडेपनि चितवनको विकास र सम्बन्ध नटुट्ने बताउनु भयो ।

Spread the love