चोभार सुख्खा बन्दरगाहलाई लजिस्टिक हब बनाउने गरी काम भइरहेको छः आशिष गजुरेल

इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभार सुख्खा बन्दरगाह पूणर्रुपमा सञ्चालनका लागि चाँडै फास्ट ट्रयाक बन्नुपर्ने बताउनुभएको छ । सोमवार आर्थिक पत्रकार समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक गजुरेलले यस्तो बताउनुभएको हो । उहाँले कुनैपनि पूर्वधार आइसोलेसनमा चल्न नसक्ने भन्दै चोभार सुख्खा बन्दरगाह पूणर् रुपमा सञ्चालनको लागि तत्काल फास्ट ट्रयाक बन्न आवश्यक रहेको बताउनु भयो । उहाँले बन्दरगाहमा व्यवसायीहरुले कन्टेनरमा ल्याउने सामान लामो बाटोबाट चोभार ल्याउनु भन्दा पनि वीरगञ्जबाट सिधै काठमाडौं ल्याउन खोज्नु स्वभाविक भएको बताउनु भयो ।
उहाँले चोभार सुख्खा बन्दरगाह भन्दा अगाडि सक्ने योजनाका साथ अघि बढेको फास्ट ट्रयाकको काम अहिलेसम्म नसकिएकाले सञ्चालनमा समस्या देखिएको बताउनु भयो । कार्यकारी निर्देशक गजुरेलले फास्ट ट्रयाक र रेल जडान भएपछि राम्रो हुने बताउनु भयो । उहाँले सरकारले बन्दरगाहमा रेल जोड्ने योजना अगाडि बढीरहेको बताउनु भयो । उहाँले इन्टरमोडलले बन्दरगाहको एक भागलाई आन्तरिक टर्मिनलका रुपमा सञ्चालनमा ल्याएको बताउनु भयो । उहाँले आन्तरिक टर्मिनल बनाउँदा पार्किङ र गोदामको लागि नभएर लजिस्टिक हबको रुपमा काम गर्न खोजिएको बताउनु भयो । उहाँले अहिले काठमाडौंका बीच सडकमा कन्टेनर राखेर सामान झार्ने कामलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनु भयो ।
उहाँले समितिको दायित्व बन्दरगाह सञ्चालन गर्ने मात्रै नभएर व्यापारलाई सहजिकरण गर्ने हिसावले काम गरिरहेको बताउनु भयो । उहाँले व्यवसायीहरुले निर्यातको लागि पार्किङ लगायतको लागि बन्दरगाहमा आन्तरिक टर्मिनलमा खुला गरिएको बताउनु भयो । उहाँले बन्दरगाह सञ्चालनको लागि समितिले मात्रै नभएर भन्सारले पनि पहल गर्न र पत्रकारहरुले पनि सकारात्कम सन्देस जानेगरी समाचार दिन आवश्यक रहेको बताउनु भयो ।

Spread the love