जेठ २ गते नेपाल एयरलाइन्सले काठमाडौं-भैरहवा उडान गर्ने

जेठ २ गते नेपाल एयरलाइन्सले काठमाडौं-भैरहवा-काठमाडौं रुटमा उडान गर्ने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका दिन नै कुवेतबाट जजिरा एयरवेजले समेत यस विमानस्थलमा उद्घाटन उडान गर्ने जनाएको छ । काठमाडौंबाट बिहान ६ बजे उड्ने जहाज भैरहवाबाट भने ८ बजे काठमाडौंका लागि उड्ने तालिका रहेको निगमले जनाएको छ । नेपाल एयरलाइन्सले एक सूचना जारी गरी यस दिन उदघा्टन उडान गर्न लागेको जनाएको हो । यसअघि नेवानिले वाइडबडी जहाज ३३० बाट परीक्षण उडान गरिएको थियो ।

Spread the love