ज्योति बिकास बैंक र सिप्रदी ट्रेडिङ बिच कर्जा सम्बन्धी सम्झौता

असार १५, काठमाडौं । ज्योति विकास बैंक र सिप्रदी ट्रेडिङ प्रालि, बीच कर्जा सम्बन्धी सम्झौता भएको छ । बैंक र सिप्रदी कम्पनी दुबैले टाटा ब्राण्डका पिकअप र कार्गो गाडी खरिदको लागि ऋण सम्बन्धी सम्झौता गरेका हुन् ।

सिप्रदी ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरिदको लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्नेछन् ।

सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल तथा सिप्रदी ट्रेडिङको तर्फबाट महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरे । सम्झौतासँगै ज्योति विकास बैंकबाट टाटा ब्राण्डका पिकअप र कार्गो गाडी ग्राहकलाई ७० प्रतिशतसम्म कर्जा सहित सजिलै प्राप्त हुनेछ । देशभरी रहेका आफ्ना १०५ वटै शाखाबाट उक्त सवारी कर्जा सेवाको लाभ लिन सकिने बैंकले जनाएको छ ।

 

गुणस्तरीय प्रदर्शन र उत्कृष्ट सेवामार्फत नेपाली अटोमोबाइल्स क्षेत्रमा मन जित्न सफल टाटा ब्राण्डका गाडि खरिद गर्न ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुनेछ।

सिप्रदी ट्रेडिङले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहीलाई टाटा गाडी खरिद तथा बिक्री पश्चातको सेवा दिँदै आएको छ । पछिल्लो पटक ज्योति बिकास बैंकले कर्जा प्रवाहमा प्रभावकारी कार्यक्रम लागु गरेको छ ।

 

 

Spread the love