टाटाको इभी ट्याक्सी किन्नेलाई नबिल बैंकले ८० प्रतिशत ऋण उपलब्ध गराउने

टाटाको विद्युतीय ट्याक्सी किन्न नबिल बैंकले ८० प्रतिशत ऋण दिने भएको छ । टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ र नबिल बैंकबीच ऋण उपलब्ध गराउने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
टाटाको इभी ट्याक्सी एक्सप्रेस टी किन्ने ग्राहकले नबिल बैंकबाट ऋण पाउने कम्पनीले जनाएको छ । नबिल बैंकले इभी ट्याक्सी एक्सप्रेस टी खरिद गर्न ८० प्रतिशत ऋण उपलब्ध गराउने जनाएको छ। यो ऋणको समयावधि ७ वर्षसम्मको लागि हुनेछ। यसको ब्याजदर १४.१० प्रतिशत कायम गरिएको छ।
एक्सप्रेस टी टाटा मोटर्सको प्रिमियम फ्लीट इलेक्ट्रिक सेडान हो जसमा सहज ड्राइभिङ अनुभव र अन्य सविधाहरुको सही संयोजनको लागि उत्कृष्ट विशेषताहरू रहेको कम्पनीले जानकारी दिएको छ। एक्सप्रेस टी इभी छनोट गर्ने कुनै पनि ट्याक्सी फ्लीट अपरेटरले टाटा मोटर्सबाट विद्युतीय गाडीको फ्लीट खरिद गर्नका लागि अब थप सहज र छिटो प्रक्रियामा ऋण पाउने बताइएको छ।

Spread the love