टाटा मोटर्सको प्यासेन्जर भेहिकल एक्सचेन्ज क्याम्प शुक्रबारबाट हुने

मंसिर २, काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडिङ्गले टाटा मोटर्स प्यासेन्जर भेहिकल एक्सचेन्ज क्याम्प कार्यक्रमकोे आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रम यहि मंसिर०३ देखि ०७ गतेसम्म (१९ नोभेम्वर देखि २३ नोभेम्वर, २०२१) सम्म नेपालभरि रहेका टाटा मोटर्सको सोरुमहरुमा आयोजना गर्न लागेको सिप्रदी ट्रेडिङ्गले जनाएको छ । टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एचफाईभ, नेक्सन, नेक्सनइभी, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न कम्पनीले जनाएको छ ।

एक्सचेन्ज क्याम्प कार्यक्रममा जुनसुकै ब्राण्डका गाडीसंग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मुल्याड्ढन प्राप्त गर्न सक्ने तथा आकर्षक एक्सचेन्ज बोनस  प्राप्त गर्न सक्ने जनाइएको छ । यसका साथै फाईनान्सको सुविधा, गाडीको एक्सेसरिज, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कन र टेष्ट ड्राईभमा आकर्षक गिफ्ट ह्याम्पर लगायतका विशेष आर्कषणहरु रहेको कम्पनीले जनाएको छ ।

 

Spread the love