ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहालको छलफल

प्रधानमन्त्री पुष्पकमल दाहालले ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरुसँग लगानी बोर्डसँग जोडिएका आयोजना निर्माण,आगामी कार्यदिशा र समस्याको विषयमा छलफल गर्नुभएको छ । शुक्रवार लगानी बोर्डको कार्यलयमा नेपालका विभिन्न ठूला आयोजनामा लगानी गर्ने ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरुसँग लगानी बोर्ड जोडिएका आयोजना निर्माण,आगामी कार्यदिशा र समस्याको विषयमा छलफल गर्नुभएको बोर्डका कार्यकारी अधिकृत सुशिल भट्टले बताउनु भयो । उहाँले लगानी बोर्डसँग विभिन्न निर्माण चरण भएका परियोजना र करिव ३ खर्ब रुपैयाँ बराबरका आयोजनाका विकास कर्ताका प्रतिनिधि र अध्यनन चरणमा रहेका आयोजना विकासकर्ताका प्रतिनिधिसँग छलफल गर्नुभएको बताउनु भयो । उहाँले लगानी बोर्डले स्वीकृतको लागि पाइपलाइनमा रहेका ठूला जलविद्युत आयोजना नतिजामुखी कार्यान्यन ढाँचामा आवद्ध भइसकेको बताउनु भयो । उहाँले ९०० मेगावट क्षमताको अरुण ३,६७० मेगावाट क्षमताको तल्लो अरुण, ३७० मेगावटको अधएजलाशययुक्त अपर मस्र्याङ्दी र अन्य औधोगिक पूर्वाधारहरु आयोजनाहरु पाइपलाइनमा रहेको बताउनु भयो । उहाँले यी आयोजनालाई बोर्डले प्राथमिकता दिएर नतिजा उन्मुख काम गर्ने बताउनु भयो ।
उहाँले विश्वको अर्थतन्त्रको अवस्थालाई हेरेर आयोजना छनोटमा सजक हुन आवश्यक रहेको बताउनु भयो । उहाँले अब लगानी बोर्डले मुलुकको आर्थिक र सामाजिक विकासमा गरी मुहार फेर्नसक्ने आयोजनाहरुको पहिचान,अध्ययन गरेर मात्रै अगाडि बढाउनुपर्ने बताउनु भयो । उहाँले लगानी बोर्ड आगामी लगानी सम्मेलनको पूर्वतयारीमा जुटेको बताउनु भयो ।

Spread the love