डब्ल्युएचओको महानिर्देशकमा पुन ट्रेडोस गेब्रेयसस निर्वाचित

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा पुनः डाक्टर ट्रेडोस अधानोम गेब्रेयसस नियक्त भएका छन् । उनलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले आगामी पाँच वर्षे कार्यकालका लागि पुनः महानिर्देशकमा निर्वाचित गरेका हुन् ।
पहिलो कार्यकाल सकिएपछि जेनेभामा भएको ७५औं विश्व स्वास्थ्य सम्मेलनबाट उनी पुनः अर्को कार्यकालका लागि निर्वाचित भएका हुन् ।

Spread the love