तरलतामा सुधार सँगै अर्थतन्त्र पुनरुत्थान तर्फ गएको राष्ट्र बैंकको दावी

पुष ८,काठमाडौं । पछिल्लो सयम बैंकिङ प्रणालीमा उत्पन्न भएको तरलता समस्या समाधानको दिशामा देखिएको छ । पुस महिना सुरु भएयता कर्जा भन्दा निक्षेप ४ गुणाबढी थपिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको पुस ५ गतेसम्म स्थायी तरलता सुविधा मार्फत २५०० अर्ब, ओभरनाइट रिपोबाट ६९ अर्ब, रिपोमार्फत २२० अर्ब र सोझै खरिद गरेर २७अर्ब प्रवाह भएको जानकारी दिए । ‘२०७९ असारसम्म कर्जा–निक्षेप अनुपात ९० प्रतिशत राख्नुपर्ने व्यवस्था गरिएको छ भने चालु आवमा आजसम्म पुनर्कर्जा सुविधा ९२ अर्ब स्वीकृत भइसकेको छ,’ । चाँदी आयातका लागि विदेशी मुद्रा उपलब्धताको सीमा तोकिएको, वैदेशिक रोजगारीमा रहेकाहरूलाई बैंक खातामा एक प्रतिशत थप ब्याज दिइएको, केही वस्तुको आयातमा शत प्रतिशत नगद ‘मार्जिन’को व्यवस्था गरिएको जानकारी गभर्नर अधिकारीले दिए ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो एक साता २७ अर्ब निक्षेप जम्मा हुँदा ७ अर्ब मात्रै कर्जा प्रवाह भएको हो । मंसिर महिनामा बैंकसँग तरलता अभाव भएकाले कर्जाका लागि आएका ८० प्रतिशतसम्म प्रस्तावहरु फिर्ता भएकाथिए । राष्ट्र बैंकले आर्थिक पत्रकारहरुसँग गरेको अन्तरक्रियामा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले पुस १ गतेदेखि निक्षेप संकलन बढेको जानकारी दिए । उनले भने – अब कर्जा प्रवाह भन्दा धेरै निक्षेप संकलन हुन थालेको छ । यसले आगामी दिनमा तरलता सहज हुँदै जान्छ । अर्थतन्त्र पहिलेकै अवस्थामा जाने क्रममा रहेकाले आयात वृद्धि भएको र यही कारण कर्जाको माग पछिल्लो समय बढेको उनको तर्क छ ।नेपाल राष्ट्र बैंकले तरलता समस्या सम्बोधन गर्न तथा शोधनान्तर घाटा घटाउन क्रियाशील भएर लागेको बताउँदै आयात प्रतिस्थापन र निर्यात प्रवर्धनलाई नै केन्द्रमा राखेर काम गरिरहेको स्पष्ट गरेको छ । गैरआवासीय नेपालीहरू सम्बद्ध संस्थाहरूले विदेशी मुद्रामा वचत तथा मुद्दति खाता खोल्न पाउने प्रवन्ध, वैदेशिक रोजगारीमा जाने कामदारलाई सटही गर्न पाउने नगद विदेशी मुद्रामा कटौती, अवैध रूपमा भइरहेको सुनको आयात नियन्त्रण तथाअन्तर्राष्ट्रिय मुद्राकोषसँग विस्तारित कर्जा सुविधा स्वीकृत हुने चरणमा रहेको बताए ।

पुनरुत्थानकै क्रममा आयात र कर्जा वृद्धिदर उच्च भएको तथा विप्रेषण आप्रवाह नबढ्दा चालु खाता घाटा र शोधनान्तर घाटाको स्थिति उत्पन्न भई विदेशी विनिमय सञ्चिति घट्दै गएको यथार्थ गभर्नरले प्रस्तुत गरे । गभर्नर अधिकारीले हाल बैंकहरुलाई चेक भुक्तानीमा कुनै समस्या नरहेको दावी गरेका छन् । उनले नेपालमा कोभिड– १९ पछि अर्थतन्त्रले द्रुत गतिमा ‘रिकभरी’ लिन खोज्दा कर्जा प्रवाहमा समस्या आएको दावी गरे । सोहीकारण माग अनुसार बैंकहरुले छोटो समयमै उच्च दरले कर्जा प्रवाहगर्दा अहिलेको अवस्था आएको उनको भनाइ छ ।

Spread the love