तरलता व्यवस्थापन गर्ने गरि मौद्रिक नीतिको समिक्षा सार्वजनिक

मङ्सिर १३,काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले मौद्रिक नीतिको समिक्षा तरलता व्यवस्थापन गर्ने गरि आएको बताउनु भएको छ ।

प्रवक्ता ढकालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा कर्जा प्रवाह अत्याधिक, आयात र निर्यात समेत अत्याधिक रुपमा बढेकाले बजारमा तरलताको अभाव भएको बताउनु भयो । उहाँले अहिले तरलताको कहाँबाट सुरु भयो भन्ने मुख्य विषय बनेको बताउनुभयो । अहिले बैंक तथा वित्तिय संस्थाहरुले आफूसँग भएको साधन स्रोत भन्दा बढी कर्जा प्रवाह गरेकाले बजारमा तरलताको असर सिर्जना भएको प्रवक्ता ढकालेले उल्लेख गर्नुभयो । उहाँले पछिल्लो चार महिनाको तथ्याङक हेर्दा निर्यात र आयात दुबै उल्लेखनीय रुपमा बढ्दा हामीसँग भएको रकम सबै आयातको भुक्तानी गरिरहेको बताउनुभयो ।

ढकालले तरलतालाई सहज बनाउनको लागि बजारमा आवश्यक गर्ने रकम राष्ट्र बैंकले बेलाबेलामा आवश्यक टुलहरु मार्फत तरलता सहजिकरण गरिहेको छ । यो चार महिनामा १७ खर्ब ९६ अर्ब रुपैयाँ रिपो जारी गरेको बताउनुभयो । उहाँले अब सधैभरी यसरी राष्ट्र बैंकले सहजीकरण गर्नुपर्ने अवस्था नआउने बताउनु भयो । त्यस्तै, ढकालले अब कर्जा प्रवाह गर्दा बैंक तथा वित्तिय क्षेत्रले पनि संयम्ता अपनाउनु पर्ने बताउनभयो ।

उहाँले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा उत्पादन, रोजगारी र आर्थिक बृद्धि गर्ने क्षेत्रमा मात्रै गर्नु पर्ने बताउनुभयो । बैंकहरुले कर्जालाई व्यवस्थित गर्न सकेमा मात्रै समग्र अर्थतन्त्रमा राम्रो हुने बताउनु भयो । उहाँले यस्तो गर्दा समग्र बैंकिङ क्षेत्र केन्द्रिय बैक दुबै मिले मात्रै तरलता अभावलाई सहजता पार्न सक्ने बताउनु भयो ।

त्यस्तै,प्रवक्ता ढकालले मौद्रिक नीतिको समिक्षाले बैंक तथा वित्तीय संस्थाको लागि कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) व्यवस्थामा केही लचकता अपनाएको बताउनुर भयो । प्रवक्ता ढकालले सीडी रेसियो ९० प्रतिशत कायम गर्ने कार्ययोजना बनाउने जिम्मा बैंक तथा वित्तीय संस्थालाई छाडिएको बताउनुभयो ।

बैंक तथा वित्तीय संस्था जसको ९० प्रतिशतमाथि वा तल छ उनीहरुले २०७९ असार मसान्तसम्म ९० प्रतिशत भित्र ल्याउने गरी कार्ययोजना बनाउन भनिएको बताउनु भयो ।

 

Spread the love