तारा एयरको जहाज मुस्ताङको थासाङमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो, शव संकलन गरी काठमाडौं ल्याइने

आइतबार बिहानदेखि सम्पर्कविहिन भएको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका-२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा-टुक्रा भएको अवस्थामा जहाज फेला परेको छ । स्थानीय यार्सागुम्बा संकलक शेर्पाहरुले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेका हुन् ।
तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव सिधै काठमाडौं ल्याइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। अहिले त्यहँ सेना र स्थानीयको टोलीले शव संकलन गरिरहेका छन् । शवलाई काठमाडौं ल्याउने र आफन्तको जिम्मा लगाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । जहाज र शव छरिएको अवस्थामा फेला परेको जनाएको छ ।

नाइन एन एईटी कल साइन भएको ट्वीनअटर जहाज सम्पर्कविहीन भएको थियो । जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए । आइतबार दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो । सोमबार बिहान ५ बजेदेखि फेरि हवाई र स्थल दुवै तर्फबाट खोजी सुरु गरिएको थियो ।

Spread the love