तीनओटा सिमेन्ट उद्योगको उत्पादन तथा विक्री वितरणमा रोक

मङ्सिर ३,काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले  तीनओटा सिमेन्ट उद्योगको उत्पादन तथा विक्री वितरणमा रोक लगाएको छ ।

नेपाल गुणस्तर प्रमाण चिन्ह् प्राप्त देहाय बमोजिमको वस्तुको नमुना विभागको प्रयोगशालामा परीक्षण गर्दा सम्बन्धित नेपाल गुण्स्तर सम्बन्धी नभएकोले उत्पादन तथा विक्रीवितरणमा रोक लगाएको  हो ।  विभागले  मारूती सिमेन्ट-सिराहा ,युनाइटेड सिमेन्ट-धादिङ र जगदम्बा सिमेन्ट -रुपन्देहीलाई उत्पादन तथा विक्रीवितरणमा रोक लगाएको जनाएको छ ।

विभागले मारूती सिमेन्ट-सिराहालाई  ओ.पि.सि. ४३ ग्रेडको विक्री वितरण रोक्न तथा उपरोक्त व्याचको सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिन , युनाइटेड सिमेन्ट-धादिङलाई ओ.पि.सि. ५३ ग्रेडको विक्री वितरण रोक्न, उपरोक्त व्याचको सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता र जगदम्बा सिमेन्ट -रुपन्देहीलाई पि.पि.सि.को विक्री वितरण रोक्न, उपरोक्त व्याचको सम्पूर्ण सिमेन्ट बजारबाट फिर्ता लिन निर्देशन दिएको छ । विभागले प्रेस विज्ञप्ति जारी गर्दै  १५ दिनभित्र स्पष्टिकरण पेश गर्न  पत्राचार गरिएको जनाइएको छ ।

Spread the love