दुर्घटनाग्रस्त विमानमा ५३ नेपाली, १५ विदेशीः त्रिभुवन विमानस्थल प्रवक्ता

काठमाडौंबाट पोखरा उडेको यती एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएकामध्ये हालसम्म ४४ जनाको शव निकालिएको छ । आज (आईतवार) बिहान १० बजेर ५० मिनेटमा पोखरा विमानस्थलको कन्ट्रोल टावरसँग अन्तिम सम्पर्क भएपछि विमान दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा नेपाली ५३ जना, विदेशीमा भारतीय ५, रसियन ४, आयरल्याण्ड १, अस्टे्रलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १, गरी जम्मा ६८ जना यात्रुहरु र ४ जना चालक दलका सदस्यसहित ७२ जना सदस्य रहेको त्रिभुवन विमानस्लका प्रवक्ता टेकनाथ सिटौलाले बताउनु भयो । उहाँका अनुसार पोखराबाट उद्धारका लागि २ वटा हेलिकप्टर नाइनएन जेएलएक्स र नाइनएन केएनए परिचालन गरिएको छ । उद्धारका लागि थप हेलिकप्टर तयारी अवस्थामा राखिएको छ भने उद्धारको लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, रेस्क्यु एण्ड फायर फाइटिङ दल तथा नेपाल प्रहरीसमेत संलग्न भइ उद्धार कार्य भइरहेको छ । उद्धारका लागि थप हेलिकप्टर तयारी अवस्थामा राखिएको छ भने उद्धारको लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, रेस्क्यु एण्ड फायर फाइटिङ दल तथा नेपाल प्रहरीसमेत संलग्न भइ उद्धार कार्य भइरहेको प्रवक्ता सिटौलाले जानकारी दिनुभयो । उहाँले दुर्घटनाग्रस्त विमानमा महिला २५ जना पुरुष ३७ जना, बालक ३ जना, शिशु ३ जना रहनुभएको थियो । प्राप्त ४४ शवमध्ये ३० जनाको शवहरु गण्डकी क्षेत्रीय अस्पतालमा पोष्टमाटमका लागि लगिएको छ भने १४ शव दुर्घटनास्थलको खोचमा रहेकाले निकाल्ने काम भइरहेको बताउनु भयो ।

आईतवार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिव ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट २ किलोमिटरको नजिककमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको हो । विमान दुर्घटनापछि बसेको आकस्मिक मन्त्रीपरिषद्को बैठकले मृतकको शोकमा सोमवार शोक बिदा दिएको छ ।

Spread the love