देउवा सरकारमा चारजना मन्त्री नियुक्त, अर्थमा जनार्दन र गृहमन्त्रीमा खाँड

असार २९, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सानो आकारको मन्त्रिमण्डल गठन गरेका छन् । देउवाको मन्त्रीमण्डलमा सहभागी हुने चार जना मन्त्रीहरुले पनि आज मंगलबार साँझ शपथ खाएका छन् ।

प्रधानमन्त्रीमा देउवाले सपथ खाए लगत्तै नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ सपथ खुवाएकी हुन् ।

नवनियुक्त मन्त्रीहरुमा गृहमन्त्रीमा बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रीमा पम्फा भुसाल र अर्थमन्त्रीमा जनार्दन शर्मा रहेका छन् ।

Spread the love