धितोपत्र बोर्डका अध्यक्षलाई कारवाही गर्न युनियनको माग

साउन १७, काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले सर्वोत्तम सिमेन्टको शेयर कारोबारमा संलग्नलाई निलम्बन गरी छानबिन गर्न माग रहेको छ ।

बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको शेयरको भित्री कारोबारमा संलग्न धितोपत्र बोर्डका अध्यक्ष र सञ्चालकलाई निलम्बन गरी कारबाही गर्न धितोपत्र बोर्ड कर्मचारी युनियनले आइतवार एक विज्ञप्ति जारी यस्तो माग गरेको हो ।

युनियनले बुक विल्डिङ मार्फत धितोपत्र जारी गर्ने प्रक्रियामा गएको कम्पनीको धितोपत्र र सोसँग निहित सम्बेदनशिल जानकारीका आधारमा आफ्नो निकट पारीवारिक सदस्यका नाममा धितोपत्र खरीद गर्नु बोर्डका लब्ध प्रतिष्ठित अध्यक्ष तथा सञ्चालकको रुपमा बिचलन भएको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

सम्बन्धित व्यक्ति वा पदाधिकारीको व्यक्तिगत विषमा पुरै संस्थालाई मुछिएकोमा पनि कर्मचारी युनियनले ध्यानार्कषण भएको उल्लेख गरेको छ ।

पछिल्लो समय समय सञ्चार माध्यममा आएका विषयले बोर्ड अध्यक्षको इमान्दारिता,कानूनी प्रावधान,आचार संहिता अनुसार गम्भिर नैतिक पतन भएको भन्दै विज्ञप्तिमा छानबिनबाट दोषी देखिएकालाई हदैसम्मको कारबाही गर्न भनिएको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना तथा नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आफन्तका नाममा सर्वोत्तम सिमेन्टको सेयर खरीद गरेको समाचार सञ्चार माध्यमहरुमा आएपछि अर्थ मन्त्रालयले स्पस्ष्टिकरण पेश गर्न निर्देशन दिएको थियो ।
                                  हेर्नुस, बिज्ञप्ति ।

Spread the love