नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने मन्त्री आलेको दावी

पुष २२,काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडी बढाउने बताउनुभएको छ ।

बिहीवार सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ मन्त्री आलेले नारायणहिटी संग्रहालयमा रेष्टुरेन्ट लगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई त्यहाँबाट हटाउनु बताउनुभएको हो । उहाँले सो समूहलाई कुन प्रक्रिया मार्फत् हटाउने भन्ने विषयमा आफु छलफलमा रहेको बताउनुभयो । मन्त्री आलेले मन्त्रीस्तरबाट वा मन्त्रिपरिषद्बाटै निर्णय गरेर भएपनि हटाइ छाड्ने बताउनुभयो । उहाँले बिहीवार नै नारायणहिटीमा अवलोकनका लागि जाने पनि उल्लेख गर्नुभयो ।

उहाँले नारायणहिटी संग्रहायल भित्र बतास समूहको प्रवेशको सम्बन्धमा छानविन सुरु गरिएको बताउनुभयो ।

Spread the love