निम्न माध्यमिक विद्यालयका शिक्षकका लागि भर्ना खुल्यो

पुष ७,काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक विद्यालय तहमा २ हजार ५९८ शिक्षक स्थायी पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

माध्यमिक तहमा शिक्षक भर्नाका लागि विज्ञापन आह्वान भएको एक साता नबित्दै शिक्षक सेवा आयोगले बुधबार नि मावि तृतीय श्रेणी शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेको हो । जारी सार्वजनिक सूचना अनुसार सबैभन्दा बढी अंग्रेजी विषयमा ६२४ जना शिक्षकका लागि दरखास्त आह्ववान भएको छ । त्यस्तै, नेपाली विषयमा ४३७, गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, शुक्ल यजुर्वेदमा एक, गणित–विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामाचार र संस्कृत कर्मकाण्डमा एक शिक्षकका लागि कोटा छुट्याइएको छ ।

माघ ६ गतेसम्म नियमित र  माघ १० गतेसम्म विलम्ब शुल्क बुझाएर अनलाइन मार्फत दरखास्त दिन सकिने छ । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन पाउँनेछन् । परीक्षा मिति चैत १७ गते तोकिएको छ ।थप जानकारीका लागि https://online.tsc.gov.np/

Spread the love