नीजी क्षेत्रको लगानि राष्ट्र निर्माण र आर्थिक विकासमा आधारित हुनु पर्छ : अर्थमन्त्री

मङ्सिर ६, काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बेला छ, अहिले राजस्वले चालू खर्च पनि धान्न मुस्किल भएको बेला नीजी क्षेत्र नीजी स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने बेला भएको बताउनु भएको छ ।

नेपाल आर्थिक पत्रका संघ (नाफिज)ले बुधबार काठमाडौंमा आयोजना गरेको आर्थिक पुनरूउत्थानमा सार्वजनिक नीजी साझेदारी विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले नीजी क्षेत्रको प्राथमिकता राष्ट्र निर्माण र आर्थिक विकासमा केन्द्रित हुनुपर्ने धारणा राख्नु भयो । अर्थमन्त्री शर्माले नीजी क्षेत्रको लगानि राष्ट्र निर्माण र आर्थिक विकासमा आधारित हुनु पर्ने बताउनुभयो । अर्थमन्त्री शर्माले नीजि क्षेत्रका केहि ब्याबसायी आफ्नो स्वार्थमा लागे पनि आम नीजी क्षेत्र आर्थिक विकास र राष्ट्र निर्माणमा रहेको बताउनु भयो । देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेकोले कोभिड पछिको आर्थिक पुनरूउत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलियत दिन नसकेको बताउनुभयो ।अर्थमन्त्री शर्माले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रसंशायोग्य भएको बताउनु भयो । यहाँले अब सरकारसँग मिलेर नीजि क्षेत्रले ठूला पुर्वाधार निर्माणमा लगानी गर्न आग्रह समेत गर्नु भयो ।

त्यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीसीडी रेसियो हटाएकोले अहिले बजारमा तरलताको अभाव नभएको बताउनु भयो । गभर्नर अधिकारीले हामीले अहिले बजारमा भइरहेको तरलताको विषयमा सीसीडी र तरलतालाई तुलना गर्न नहुने बताउनु भयो । उहाँले तरलता लामो समयदेखि समस्याको विषय भएको र कर्जाको माग बढेकोले पनि तरलताको समस्या देखिएको बताउनु भयो ।गभर्नर अधिकारीले विश्व अर्थतन्त्र ५.९ प्रतिशतले विस्तार हुने प्रक्षेपण भइरहेको बताउनु भयो । यहाँले नेपालमा पनि कोभिडपछि अर्थतन्त्रमा राम्रो रिकभरी भएको बतानुभयो । अहिले समग्र माग बढ्दा मूल्यवृद्धिमा चाप पर्दै गइरहेको छ। यसरी चाप गर्दा मूल्यवृद्धि ६.५ प्रतिशतमा रहने अनुमान गरिएको समेत बताउनु भयो ।

त्यस्तै,अध्यक्ष गोल्छाले नेपालमा पूर्वाधार विकासका लागि अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सहयोग लिनु पर्ने बताउनु भयो । उहाँले एमसीसी सहयोग लिँदा नेपाललाई कुनै असर नपर्ने बताउनु भयो । एमसीसी देश विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा प्रमुख भूमिका खेल्ने बताउनु भयो ।

 

Spread the love