नेपालका अनुगमन कार्य इकाईहरु कमजोर भए ः पूर्वमन्त्री शाह

पूर्वमन्त्री गणेश शाहले उपभोक्ता सचेतनाको पनि अनुगमनकारी निकायको सबलीकरण बनाउन आवश्यक रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालका अनुगमन कार्य इकाईहरु कमजोर भएको महशुस भइरहेको बताउनु भयो । उहाँले उपभोक्ता सचेतनाको पनि अनुगमनकारी निकायको सबलीकरण र प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भयो पूर्वमन्त्री शाहले अनुगमन र निरीक्षणको बिस्तार एवं प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीत, नियम बनाएर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।
त्यस्तै उपभोक्ता अधिकारवादी ज्योति बानियाँले डिजिटल माध्यमहरुलाई समयानुकुल बनाउँदै लैजानुपर्नै बताउनु भयो । उहाँले सेवाको गुणस्तरलाई बिस्तार गर्दै लैजान आवश्यक रहेको बताउनु भयो । उहाँले इन्टरनेट सेवाको चुस्तता कमजोर रहेकाले त्यसमा विचार गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले टेक्नोलोजीमा मर्काको बिरुद्ध उजुरी विकट स्थानका नागरिकहरुले संघीयता अनुसार नै दर्ता गर्न पाउनका लागि कानून संशोधन गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले नयाँ प्रविधिमार्फत सेवाहरु पनि प्रवाह गर्न दूरसञ्चार प्राधिकरणले आफ्नो भुमिका खेलिरहेको बताउनु भयो । उहाँले प्राधिकरणले उपभोक्ताको अधिकारको सवालमा सक्दो काम गर्दै आएको बताउनु भयो ।
निर्देशक घिमिरेले प्राधिकरणले उपभोक्ताहरुलाई सुसुचित गराउने, शिक्षित बनाउने, छनोटको अधिकार दिलाउने कामहरु गर्दै आएको बताउनु भयो ।

Spread the love