नेपालका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधन

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराका निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत थापाको ९५ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो ।

राणा नेपालका बैंक तथा नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हुन् । उनी अप्रिल २६ , १९५६ देखि फेब्रुअरी ७, १९६१ सम्म नेपाल राष्ट्र बैङ्कको गभर्नर थिए। उनले पछि हिमालयन बैंक लिमिटेड बैंक खोलेका छन् जुन नेपालको क बर्गको बैंकमा गनिन्छ।

जागिरबाट अवकाश भएपछि उनले गोर्खा ब्रुअरी कम्पनी खोलेर टुबोर्ग र काल्सवर्ग वियर नेपाल भित्रायका थिए । पछि उक्त कम्पनी बेचेर उनले हिमालयन बैंक र हिमालयन डिस्ट्रिलरी स्थापना गरेका हुन् ।

Spread the love