नेपालको अर्थतन्त्र सुधारका लागि नेतृत्वमा युवा आउनु आवश्यक छ ः स्वर्णिम वाग्ले

अर्थविद् डा.स्वणर्िम वाग्लले नेपालको अर्थतन्त्र सुधार गर्नको लागि राजनीतिक नेतृत्वमा युवा आउनु आवश्यक रहेको बताउनुभएको छ । बुधवार वागमती क्याम्पसका विद्यार्थीहरुलाई सन् २०३० सम्म नेपालको अर्थतन्त्रको मार्ग चित्रका विषयमा प्रशिक्षण दिँदै अर्थविद् डा. वाग्लले यस्तो बताउनुभएको हो । उहाँले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय मुलुकसँग प्रतिष्पर्धी बनाउनको लागि राजनीतिक निणर्य तथा नीतिहरुमा सुधार ल्याउनुपर्ने बताउनु भयो । डा. वाग्लले मुलुकको अर्थतन्त्र सवल र चलायमान बनाउँदै माथि उठाउनको लागि राजनीतिक नेतृत्व सक्षम हुनुपर्ने बताउनु भयो । उहाँले यथास्थितिमा भने मुलुकको अर्थतन्त्र माथि जान नसक्ने बताउनु भयो । उहाँले नेपाल पर्यटनको हिसावले उच्च सम्भावना भएको मुलुक भएपनि आत्याधिक कम मात्रै पर्यटक आउने गरेको बताउनु भयो । उहाँले नेपालमा अबको पाँच वर्षमा हवाई क्षेत्रमा सुधार,होटल पूर्वाधारको बिस्तार,दक्ष जनशक्ति उत्पादन गरेर २० लाख पर्यटक ल्याउनुपर्ने बताउनु भयो । वाग्लले नेपाल आउने पर्यटकले गर्ने खर्च दैनिक १०० डलर बनाएर घुम्ने र बस्ने अवधि १६ दिनसम्म बनाउँदा मात्रै पर्यटक क्षेत्रबाट आम्दानी बढ्नसक्ने बताउनु भयो । उहाँले अहिले नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको भन्दै रेमिट्यान्सले धेरै समय मुलुकको अर्थतन्त्र धान्न नसक्ने दाबी गर्नुभयो । उहाँले नेपालको पूर्वाधार तथा उद्योगमा विदेशी लगानी ल्याउँदै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याएर पर्यटक बढाउँदा मात्रै मुलुकको अर्थतन्त्र माथि उठ्नसक्ने बताउनु भयो ।
अर्थविद् वाग्लले भारतमा बढ्दै गएको वायु प्रदूषणले नेपालका हिमालहरु पग्लिरहेको बताउनु भयो । उहाँले लोकल ब्ल्याक कार्वनले ग्लोवल ग्रिनहाउस क्यास जस्तै असर पार्ने भएकोले हिमालहरु तातेर पग्लन थालेको बताउनु भयो । उहाँले अहिले भइरहेको जलवायु परिवर्तनलाई नियन्त्रण गर्नको लागि सबै मुलुकहरु मिलेर समाधान गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
डा. वाग्लेले नेपालको आर्थिक नीतिहरु भारतसँग समन्वय गरेर नबनाए अर्थतन्त्रमा समस्या आउने बताउनु भयो । उहाँले दुई देशबीचको राजनीतिक तथा कुटनीतिक सम्बन्धलाई सुधार गरेर त्यही खालको नीतिहरुमा सुधार गर्दा मात्रै सन् २०३० सम्मको नेपालको अर्थतन्त्रको मार्गचित्र माथि लैजान सकिने बताउनु भयो ।

Spread the love